काठमाडौं । साताको कारोबारको अन्तिम दिन विहिबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा पुगेको छ । विहिबार कारोबार भएका २२७ कम्पनिका ४९ हजार ५ कित्ता शेयर कारोबार भएका छन् भने आज केवल ३ अर्ब ८२ करोड ९५  लाखभन्दा बढीको कारोबार भएको छ । यसअघि बुधबार ३ अर्ब ४७ करोडको कारोबार भएको थियो ।

त्यसैगरी आज कारोबारमा आएका म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसूचक बाहेक सबै उपसूचकको शेयर मुल्य घटेको छ । विहिबार  घटेका सबै उपसूचकको मुल्य एक प्रतिशतभन्दा कमले घटेको छ ।

त्यस्तै विहिबार नेइल इक्विटी फण्डको शेयर मुल्य सबैभन्दा बढी २.७६  प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयर मुल्य २.२० प्रतिशतले बढेको छ ।

त्यसैगरी आज मिथिला लघु वित्तको शेयर मुल्य सबैभन्दा बढी ४ प्रतिशतले घटेको छ । विहिबार नेपाल टेलिकमको सबै भन्दा धेरै शेयर कारोबार भएको छ ।

यस कम्पनिको आज २५ करोडभन्दा बढीको कारोबार भएको छ भने नेशनल हाइड्रोको २२ करोडभन्दा बढीको कारोबार भएको छ ।