मधेशटप डेस्क, माघ २७ गते। जनकपुरधाम ।  विहिबार अन्दाजी ५ बजे लक्ष्मीनियाँ बजार बाट गजरिया जाने बाटोमा प्रदेश ०२ -०३-००९ प ९६६१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रु दुवै जना घाइते भएको छन ।

सिंन्धुली घर भई मूलपानी बस्ने २० वर्षीय रोशन यादवले चलाएको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिएको हो । चालक यादवसहित गजरिया घर भई पैदलयात्री ५० वर्षीय राजकुमार यादव घाइते भएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको उपचारको लागि जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । भने मोटरसाइकल प्रहरी ले नियन्त्रण लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।