१ फागुन, बोदे बर्साईन ।
उमेश कुमार साह
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर—२ झुटकी बस्ने शंकर भन्ने शिवशंकर कुमार यादवलाई अवैधलागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । आफनै घर छेउको चर्पी पछाडी भुस माटोले छोपि राखेको लागूऔषध, पाँच सयको नेपाली नोट र केहीँ भारु रुपैँया सहित शनिबार पक्राउ परेको प्रहरीले जनाएको छ ।
सो स्थानबाट फेनारगन ९७ पिस,फाजेपाम ९९पिस,लीजेसिक ९९ पिस, एक सय एम्पुल प्रतिबन्धित लागूऔषधसहित बरामद गरिएको ईलका प्रहरी कार्यालय कल्याणपुर सप्तरी प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए । लागूऔषधसहित पक्राउ परेका माथि थप अनुसन्धान थालिएको बताए ।