मधेशटप, फाल्गुन १   गते । 

न्युज टुडेमा  कार्यरत रिपोर्टर  रामनाथ यादवलाई वडा अध्यक्षले धम्की दिएको छ्न।तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गुलाब सिंहले पत्रकार यादवलाई धम्की दिएको आरोप लागेको हो ।

सो वडामा स्थित श्री लक्ष्मी वल्लभ नरसिंह उच्च माध्यमिक विद्यालयमा रिक्त रहेको पदमा शिक्षक दरबन्दीको लागी पालिकाका शिक्षा संयोजक राजेश झा,वडा अध्यक्ष सिंह र विद्यालयको व्यवस्थापन समितिको मिलोमतोमा गोप्य बिज्ञापन गरेपछि स्थानीय अभिभावकले विद्यालयमा तालाबन्दी गरेका थिए ।
तालाबन्दीको सूचना पाएपछि पत्रकार यादवले समाचार संकलन गरि प्रकाशन गरेपछि शिक्षा विभागले स्थानीय पत्रिका मार्फत माघ २८ गते बिज्ञापन सार्वजनिक गरेको थियो ।समाचार बाहिर ल्याएको निहुँमा अध्यक्ष सिंहले आफुलाई धाक धम्की दिँदै तथानामका गाली गलोज गरेको पत्रकार यादवले आरोप लगाएका छन् ।

अध्यक्ष सिंहले आफुसंग पत्रकार यादवको दुई तीन दिनदेखि भेट समेत भएको छैन। तथ्यविहिन कुरा राखेर समाचार लेखेको हुनसक्छ ।आफूले यादवलाई कुनै किसिमको गाली गलोज,धाक धम्की नदिएको अध्यक्ष सिंहले बताए ।