मधेशटप, फाल्गुन १   गते । 

काठमाडौंमा लुकीछिपी बस्दै आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, लमजुङको विशेष टोलीले खोज तलास गर्दा माघ २८ गते गोतामेलाई काठमाडौंको तार्केश्रर नगरपालिका वडा नं ९ बाट पक्राउ गरेको हो । २०७८ वैशाख १२ ‍ गते निज गणेश गोतामेका विरुद्धमा उच्च अदालत पाटनबाट मुद्दा फैसला भएको थियो ।उनलाई पाँच लाख जरिवाना सहित २ दिन कैद फैसला भएको थियो ।

उक्त कैद तथा जरवाना असुल उपर गर्नुका लागि लमजुङ प्रहरीले गोतोमलाई आज आइतबारनै जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।पछिल्लो समय जिल्ला प्रहरी कार्यालय लमजुङले अभियान नै सञ्चालन गरी फरार प्रतिवादी पक्राउ गर्दै आएको छ ।

विभिन्न समयमा फरार रहेको प्रतिवादी पक्राउ गर्ने क्रममा चालु आर्थिक वर्षको साउन देखि हालसम्म ५० जनालाई पक्राउ गरी गरिसकेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो ।