मधेशटप, फाल्गुन १   गते । 

काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।गत बिहाबारदेखि सुरु भएको बैठकमा अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र म्याद सकिएका भातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन छिट्टै गराउने सम्बन्धमा छलफल भइरहेको छ ।

सूचना अधिकारी रिजालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले धारणा राखिसकेका छन् । पदाधिकारीले बोल्ने क्रम सकेर आजै बैठक सक्ने कांग्रेसको तयारी छ ।