मधेशटप, फाल्गुन १   गते । 

काठमाडौं १४ फ्रेबुअरी अर्थात् प्रेम दिवस । विश्वभरका मायालु जोडीले यो दिनलाई माया साटेर मनाउने गर्दछन् । नेपालमा पनि प्रेम दिवसको रौनकले छोएको लामै समय भइसकेको छ ।

प्रेम दिवसलाई लक्षित गरेर चलचित्रदेखि म्युजिक भिडियो रिलिज गर्ने क्रम पनि बढेको छ । फागुन २ गते ‘माया’ बोलको गीत सार्वजनिक हुँदैछ । ट्री इन्टरटेन्मेन्टले सार्वजनिक गर्न लागेको गीतको भिडियोमा राज, डेलविस, प्रियना आचार्य र पूनम गौतमले मोडलिङ गरेका छन् ।

प्रेम दिवसको विषयमा यी कलाकारहरुको पनि आ(आफ्नै बुझाइ छ । मोडल तथा कलाकार प्रियना आचार्य आफू अहिलेसम्म प्रेममा नपरेको दाबी गर्छिन् । उनले आफूलाई माया गर्ने मानिसमा परिवारसँगको निकटता पनि हुन आवश्यक रहेको बताइन् । मोडल पूनम गौतमले पनि भ्यालेन्टाइन्स डेमा गीतको प्रमोसन गरेरै बिताउने बताइन् । तर उनले आफूलाई माया गर्ने, पेशालाई सम्मान गर्ने र केयर गर्ने युवकले आकर्षित गर्ने बताइन् ।