मधेशटप,फागुन १ गते।

महोत्तरी। महोत्तरीको पिपरा गाउँपालिका–१ खैरबाका युवा समाजसेवी राहुल पाण्डेले आफ्नो गाउँमा सामुदायिक भवन निर्माण गरिदिनुभएको छ ।

रु २२ लाखका लागतमा निर्माण सम्पन्न सो भवनबाट अब स्थानीय गरिब, विपन्नका छोराछोरीका विवाहको भोजभतेर, भेला तथा गोष्ठी, छलफल तथा सामाजिक कामका लागि सहज हुने छ ।

सङ्घीय सांसद महन्थ ठाकुर, प्रदेश सभासदस्य अभिराम शर्मा र गाउँपालिका अध्यक्ष विक्रम चौधरीले समेत पिपरा गाउँपालिका–१ खैरबागाउँमा सामुदायिक भवन निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो ।

सो प्रतिवद्धता हालसम्म कार्यान्वयनमा नआएको स्थानीयवासीको गुनासो गरेका छन् ।