मधेशटप, फागुन २ गते

जनकपुरधाम :  नेपाल रेल्वे आइतबार देखि सञ्चालनमा आएको छ । आइतबार देखि दिनमा  एक पटक रेल सञ्चालन हुनेछ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आइतबार देखि विना यात्रुको रेल दैनिक एक पटक सञ्चालन भएको बताए ।

प्रत्येक दिन बिहान १० बजे देखि इनर्वा स्टेशनबाट कुर्थासम्म रेल चल्ने उनले बताए ।

महाप्रबन्धक  झाले औपचारीक उद्घाटन नभएसम्म एक पटक विना यात्रुको रेल चल्ने बताए । रेल सञ्चालन हुने भएपछि कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ । सप्ताह दिन अगाडी नै  लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको थियो  ।

करिब १७ महिना  देखि थन्किएको रेल  नेपाल सरकारले खरिद गरेको दुईसेट रेल इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको थियो।

जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको रेलमार्ग छ ।१ घण्टा लाग्ने समेत बताएका छन । एसी चलाएर आउँदा दैनिक अन्दाजी  २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ ।