मधेशटप, फागुन २ गते

धनगढी  ;सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको दोधराचाँदनी नगरपालिका(७ की ४५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो।

सुगर र दमसम्बन्धी समस्या लिएर अस्पताल भर्ना भएकी उनलाई परीक्षण गर्दा माघ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उनको आईसीयूमा राखेर उपचार भइरहेकोमा आइतबार ८स्४५बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।