मधेशटप, फागुन २ गते

झापा; शिवसताक्षी नगरपलिका १० माईधारका २४ वर्षीय निकेश दाहाललाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ ।निकेशले २४ वर्षीया महिलालाई शिवसताक्षी नगरपलिका९ संगम चोकस्थित जंगलमा बलात्कार गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।