मधेशटप, फागुन २ गते

रागिनी पण्डित

जनकपुरधाम ; सर्लाहीमा आगोमा जलेर एकजनाको मृत्यु भएको छ ।बागमती नगरपालिका(८ गिरी टोल बस्ने ६५ वर्षीय रामअशिष साहको आइतबार आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो घरको अगाडि आगो बालेर तापिरहेको अवस्थामा अचानक उनको शरीरमा आगो लागेर उनको घटनास्थलमै ज्यान गएको र मृतक प्यारालाइसिसका बिरामी पनि थिए ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।