उमेश कुमार साह
बोदे बर्साईन -१ फाल्गुन ।

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ स्थित ईलाका प्रहरी कार्यालय बोदे बर्साईनलाई हिन्दु स्वयंसेवक संघ नेपाल एवम् सेवा इन्टरनेशनल नेपाल द्वारा प्रहरीलाई मास्क र फेस सिल्ड वितरण गरिएको छ।

विश्व कोरोना भाइरसको संक्रमणबाट गुज्रिरहेको अवस्थामा यसबाट बच्नका लागि अहोरात्र जनताकै सेवामा खटिने सुरक्षाकर्मी असुरक्षित हुने भन्दै मास्क वितरण गरिएको हिन्दु स्वयंसेवक संघ नेपाल सप्तरीको कार्यवाह ( सचिब) अमित कुमार साहले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमणबाट बचाउन सहयोग होस भन्ने उदेश्यले सडक सुरक्षामा खटिएका प्रहरीलाई मास्क वितरण गरिएको हो ।

दिनभर सडकमा खट्नु पर्ने प्रहरी र प्रहरीलाई धुँवा र धुलो मात्र होईन कोरोनाको त्रासमा बस्नु परेको अवस्था भएको र जनताको जिउधनको सुरक्षाका लागि खटिने प्रहरीलाई सहयोग होस भन्ने उद्देश्यले वितरण गरिएको हिन्दु स्वयंसेवक संघ नेपाल सप्तरीका कार्यवाह सचिब साहले बताउनुभयो ।

मास्क वितरणमा हिन्दु स्वयंसेवक संघ नेपाल प्रदेश नम्बर २ जनकपुरको संभागीय प्रचारक लक्ष्मन यादव ,संभागीय बौद्धिक प्रमुख राम नारायण ठाकुर, पन्तजिल सप्तरी युवा प्रभारी किशोर साह , बोदे बर्साईन पतन्जली योग नगर अध्यक्ष सन्जिव अग्रवाल , हिन्दु स्वयंसेवक बिकास ईश्वर , लगायतको सहभागिता रहेको थियाे