मधेशटप, फागुन २ गते 

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित भित्री सडक खण्डमा गुडिरहेको स १ त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा सोही नगरपालिका–१० नौलापुरको १४ वर्षीय शेखर मगरको मृत्यु भएको हो ।

दुर्घटनामा सवारी धनी हलेसी तुवाचुङ नगरपालिका–७ का ३२ वर्षीय नगेन्द्र राई गम्भीर घाइते हुनुभएको छ । ट्याक्टर सडकबाट करिब ७५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । घाइते राईलाई हेल्थ केयर मेडिकल हलेसीमा प्राथमिक उपचारपछि काठमाडौँ लैजाने तयारी गरिएको प्रहरी निरीक्षक शाहले  बातउनुभयो ।