मधेशटप,  फागुन ३ गते ।

धनुषाबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ज।१२ प। ०६ नम्बरको मोटरसाइकलसहित जनकपुरधाम उपमहानगरपालिका १९ मुसहरी टोल बस्ने २० वर्षीय सुमित मेस्तर र वडा नं। ४ बस्ने १९ वर्षीय सुजित कुमार महतो छन् ।प्रहरीका अनुसार मेस्तर माघ २८ गते रातीको समयमा स्थानीय एक निर्माणधीन घरबाट मोटरसाइकल, पानी तान्ने मोटर र कल समेत चोरी गरी फरार भएका थिए ।त्यस्तै महतोले माघ २८ गते दिउँसो जनकपुर उप९महानगरपालिका ४ स्थित जिल्ला प्रशासन कार्यालय धनुषाको कार्यालय अगाडीबाट ज ८ प ६२२ नम्बरको मोटरसाईकल चोरी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।