मधेशटप,फागुन ३ गते ।

दूधको मूल्य वृद्धि भएसँगै दूधजन्य पदार्थको भाउ बढेको छ। दूधजन्य पदार्थमा पाँच रूपैयाँदेखि एक सय रूपैयाँसम्म मूल्य बढेको निजी डेरी उद्योगीहरूले बताएका छन्।

डेरी उद्योगीको छाता संगठन नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले संयुक्त रूपमा मूल्य बढाएको हो।नयाँ मूल्यअनुसार अब उपभोक्ताले एक किलो पनीरको आठ सय ३० रूपैयाँ तिर्नुपर्छ।

यसअघि पनीरको किलोको सात सय ५० रूपैयाँ थियो।दूधको मूल्य वृद्धि हुनु दही आधा लिटर प्याकेटको ६५, एक लिटर बट्टाको एक सय ४५, आधा लिटर ८०, एक कप दही दुई सय मिलिटिर को ३५ रूपैयाँ थियो।अब भने दही आधा लिटर प्याकेटको ७५, एक लिटर बट्टाको एक सय ६५, बट्टा आधा लिटरको ९०, दुई सय मिलिलिटर कपको ४० रूपैयाँ पर्छ।

बटरको नौनी को भाउ पनि सय रूपैयाँभन्दा बढी बढेको छ। पहिले किलोको नौ सय २५ रूपैयाँ किलोमा पाइने बटर अब आठ सय ५० भएको छ।

त्यस्तै घ्यू किलोको एक हजार २० रूपैयाँबाट बढेर एक हजार एक सय पुगेको छ।खुवा पनि सय रूपैयाँ बढेर किलोको ७ सय ५० रूपैयाँ भएको छ।

उत्पादन लागत हेरेर मूल्य बढाइएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए।दूधको मूल्यवृद्धि भएसँगै डिडिसीले दही, पनीर, बटर, चिज, घ्यू, आइसक्रिम, मिठाइ, रसवरी लगायत दूधजन्य पदार्थको मूल्य पनि बढाउने तयारी गरेको छ।उत्पादन लागत हेरेर एक साताभित्रै नयाँ मूल्य निकाल्ने डिडिसीका बजार व्यवस्थापन विभाग प्रमुख सञ्जिव झाले जानकारी दिए।फ्याटका आधारमा स्ट्यान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रूपैयाँ, टी–मिल्कमा १०, काउ–मिल्कमा १२ र फूलक्रिम मिल्कमा १४ रूपैयाँसम्म बढाइएको डिडिसीले जनाएको छ।