मधेशटप, फागुन ४ गते 

एमसीसीको विरोधमा ६ दलीय गठबन्धनले आयोजना गरेको नेपाल बन्दको असर पोखरामा पनि परेको छ ।बिहानैदेखि बन्दकर्ता चोकचोक भने बजार ठप्प प्राय छ ।

बन्दका कारण नगरबसहरु चलेका छैनन् । लामो दूरीका गाडीसमेत छुटाउन नसकिएको पृथ्वी राजमार्ग बस प्रालिका अध्यक्ष योगेन्द्र केसीले बताए ।पोखरामा निजी गाडीहरु अलिअलि चलेका छन् ।

मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।बन्दकर्ताले टायर बालेर बन्दलाई कडा बनाएका छन् ।कास्कीमा अप्रिय घटना नभएको र सुरक्षा ब्यवस्था कडा बनाएको प्रहरी प्रबक्ता सुन्दर तिवारीले जानकारी दिए ।

लेखनाथमा बन्दकर्ताले बिहान सूर्य नेपालको गाडी तोडफोड गरेका थिए । शङ्कास्पद गतिविधि गर्ने एक जनालाई नियन्त्रणमा लिएर राखेको प्रहरीले जनाएको छ ।