मधेशटप, फागुन ४ गते 

कास्की– पोखराको फेवाताल किनारबाट सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ।

अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबलकार’को व्यावसायिक सेवा शुभारम्भ गर्न लागेको हो।

आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक सञ्चालन हुने अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताए। स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको उन ले जनाइएको छन ।

केबलकार सञ्चालनमा आएसँगै फेवाताल किनारबाट करिब ९ मिनेटमा सराङकोट पुग्न सकिने कम्पनीले जनाएको छ। अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ३५ देखि ४५ मिनेट समय लाग्छ। प्राकृति सुन्दरताले भरिएको पोखरामा केबलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ बन्ने अपेक्षा गरिएको छ।

प्राकृतिक सुन्दरताले विश्वमा नै ख्याति कमाएको सहरमा नयाँ गन्तव्यले पर्यटकको बसाइ लम्बाउन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ।

केबलकारमा हालसम्म २ अर्ब लगानी भएको निर्देशक त्रिपाठीले जानकारी दिएकन छन। केबलकारमा जडान गरिएका उपकरण र प्रविधि पछिल्लो समयमा विकास भएको आधुनिक भएको जनाइएको छ।

जापानको ‘निप्पल केबल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ। केबलकारमा पोखरा र काठमाडौँका व्यवसायीको लगानी छ।कम्पनीले नेपालीका लागि ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरिएको परियोजनाका महाप्रबन्धक दिनेश पौडेलले जानकारी दिए। ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।