मधेशटप, फागुन ४ गते 

वीरगञ्ज पर्सामा नक्कली ऋणी खडा गरी साढे ५ करोडभन्दा बढी रकम निकाल्ने एक लघुवित्तका प्रबन्धकसहित ४ जना कर्मचारी जेल चलान भएका छन्

।बढनिहारस्थित नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहार सहित चार जना कारागार चलान भएका हुन् ।

नक्कली ऋणी खडा गरी संस्थाको ५ करोड ५७ लाख ४२ हजार दुई सय ७४ रुपैयाँ झिकेको कसुरमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले ठाकुरलाई पुर्पक्षको लागि कारागार पठाउने फैसला सुनाइएको छ ।

संस्थाका कर्मचारी समेत रहेका पर्सागढी नगरपालिका९७ का २४ वर्षीय गेनालाल पटेल, वीरगञ्ज महानगरपालिका९२७ का २६ वर्षीय प्रदीप कुमार पटेल र सोही ठाउँका २४ वर्षीय शेषनाथ कुशवाहालाई जनही १९१ करोड धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर तीनै जनाले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् ।अनुसन्धानको क्रममा अन्य ३ जना कर्मचारीको सहयोगमा लोहारले नक्कली ऋणी खडा गरी कीर्ते सहीछाप र नक्कली कागजात तयार गरी रकम झिकेको खुल्न आएको थियो ।

उनीहरुले प्रवाह गरेको ऋण रकम, १५ जना वचतकर्ताको वचत रकम र कर्जाको ब्याज बापतको रकम समेत गरी उक्त रकम हिनामिना गरेको प्रहरीले जनाइएको छ ।