मधेशटप, फागुन ४ गते 

धनगढी नेपाल बन्दको अवज्ञा गरेर कार्यालय सञ्चालन गरिएको भन्दै बन्दकर्ताले कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरेका छन् ।

बजार बन्द गराउँदै हिँडेका विभिन्न ६ दल सम्मिलित मोर्चाका कार्यकर्ताहरूले बन्द अवज्ञा गरेर कार्यालय सञ्चालन गरेको भन्दै बुधबार दिउँसो नगरपालिका भवनको मुख्य गेटमा तालाबन्दी गरेको हो ।

बन्दकर्ताले तालाबन्दी गरेपछि कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरूसमेत केहीबेर भित्रै थुनिएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताए ।

तर, आफूहरूको अनुरोधपछि अहिले बन्दकर्ताले ताला खोलेको उनले जानकारी दिए ।