मधेशटप, फागुन ४ गते 

रागिनी पण्डित

महोत्तरी जिल्लाको गौशालाको ११ नम्बर गाउँमा दुईवटा अबोद्व बालक फेला परेका छन ।गौशाला नगरपालिका वडा नम्बर १२ स्थित ११ नम्बर जंगलको छेउमा दिल बहादुर होटलमा अज्ञात व्यक्तिले छोडेर गएको अबोद्व बालक फेला परेको हो

।सोमबार अन्दाजी ५ बजे एकजना मान्छेले दुईवटा बालकलाई जंगल छेउमा भएको पसलमा लिएर आई र बाबू के खाने सोधे अनि बालकले भन्ने अंकल मोमो खान्छु तर पसले दिदिले भने मस्म छैन बाबु, भनेपछि त्यो मान्छेले यहाँ मस्म छैन भनेर म एकछिनमै आउछु दिदीलाई भनेर गयो तर फेरि कोही पनि आएन ।दुई बालक मध्ये जेठो बालक अन्दाजी ४ वर्षको छ भने कान्छो बालकको डेढ वर्ष छ।

जेठो बालकको नाम रामु रभाईको नाम श्यामु र बुवाको नाम अजय महतो भन्ने गरेको छ । रामुले बर्दिवास, ढल्केबर सबै भन्न सकिरहेको छ । तर आफ्नो गाउँको नाम भन्न सकिरहेको छैन ।

बालक प्रहरीकै संरक्षणमा अहिले गौशाला नगरपालिका वडा नम्बर १२ को ११ नम्बर गाउँमा रेडक्रस गौशालाको उपशाखा कान्तिबजारको सभापति दिनेश महतोको संरक्षणमा उनकै घरमा राखिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

बालक को हो कसले छोडेर भागे यस बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ