मधेशटप, फागुन ४ गते 

भारतको किसान आन्दोलनका बेला चर्चामा आएका पञ्जाबी अभिनेता दीप सिद्धूको सडक दुर्घटनामा निधन भएको छ । उक्त दुर्घटना दिल्ली नजिकै केएमपिएल नजिकै भएको थियो ।

प्रहरीका अनुसार दुर्घटना मंगलबार राती ८ देखि साढे ८ बीच भएको हो । दीप सिद्धू आफैँ स्कोर्पियो चलाइरहेका थिए ।रिपोर्टका अनुसार उनी दिल्लीबाट बटिन्डातर्फ गइरहेका बेला उनको कार एक ट्रकसँग ठोक्किएको थियो ।

दिल्ली प्रहरीले अघिल्लो वर्ष २६ जनवरीमा किसानको ट्र्याक्टर र्यालीका बेला दिल्लीमा भएको हिंसामा दीप सिद्धूलाई पक्राउ गरेको थियो ।

यसका लागि उनीमाथि इनामसमेत घोषणा गरिएको थियो ।उक्त मामिलामा अभियुक्त बनाइएका सिद्धूमाथि दिल्ली प्रहरीले एक लाख भारु इनामको घोषणा गरेको थियो ।