मधेशटप, फागुन ४ गते 

अस्ट्रेलियामा अध्ययनरत नेपाली युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगर बस्ने बर्ष २५ का एलिस भन्ने राजन श्रेष्ठ रहेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले ती युवतीको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा प्रयोग गरी अश्लिल स्टाटस पोस्ट गरेको अभियोगमा प्रहरी युवकलाई मंगलबार पक्राउ गरेको हो

।युवकले फेसबुकमा ती युवतीको फेक प्रोफाइल बनाइ अश्लिल तस्विर र भिडियो पोष्ट गर्दै अश्लिल स्टाटस लेखेका थिए । उनलाई जिल्ला अदालत काठमाडौंको अनुमतिले सात दिनको म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिएका छन ।