मधेशटप डेस्क,

जनकपुरधाम : मधेश प्रदेशका पुर्व  आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा द्वारा महोत्तरीमा १५ लाखको लागतमा धर्मशाला शिलान्यास  गरिएको छ ।

बुधबार मनराशिस्वा नगरपालिका वडा न. ३ सोनौलमा पुर्व  आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री कुशवाहाद्वारा आफ्नो संसदीय बिकास कोषबाट रु.१५ लाखको लागतमा धर्मशाला  शिलान्यास गरेका हुन ।

नेता  कुशवाहाको महोत्तरी   निर्वाचन क्षेत्र न. ४ ख मा सोनौलमा  उहाँको संसदीय बिकास कोषबाट रु.१५ लाखको लागतमा मनरा सिस्वा  नगरपालिका वडा नं.३  सोनौलमा  धर्मशालाको शिलान्यास गरियो।

उक्त कार्यक्रममा स्थानिय मनरा शिस्वाका नगर संयोजक महेन्द्र यादाव,   वडा अध्यक्ष महेन्द्र यादव  ,पार्टी प्रतिनिधि  जानकी शरण यादव,  समाजसेवी राम पुकार महतो, राम किशोर महतो, श्याम चौरसिया लागाईत स्थानिय नेता तथा कार्यकर्ता समेतको उपस्थिति रहेको थियो।