भारतमा एउटा विवाह समारोहमा अकस्मात एउटा इनारभित्र खस्दा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् ।

उत्तर प्रदेशको कुशिनगर जिल्लाको एउटा गाउँमा गत राति सो दुःखद घटना भएको हो ।अधिकारीहरुका अनुसार विवाह समारोहमा एउटा पुरानो इनारलाई छोपेको स्ल्याबमा महिला र बालबालिका बसेका थिए ।

उनीहरुको तौल धान्न नसकेर सो स्ल्याब भत्किदा त्यहाँ बसेका सबै जना इनारभित्र खसेका थिए । डुबेकालाई उद्दार गरी अस्पताल लगिएको थियो ।

अस्पतालले उनीहरुलाई तत्काल मृत घोषणा गरेको थियो । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।दुर्घटनामा ज्यान गुमाएका पीडितको शोकमा डुबेका आफन्त विवाहको पहिरमा अस्पताल पुगेका थिए । ‘

इनारमा खस्दा १३ जनाको मृत्यु र दुई जना गम्भीर घाईते भएका छन्,’ जिल्ला म्याजिस्ट्रेट एस राजालिंगमले भने ।करिव १० बजे ५० देखि ६० महिला, युवती तथा बालबालिकाहरू विवाहमा मनाइने परम्पराअनुसार इनारमा पुगेका थिए ।