मधेशटप,फागुन ५

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५।६१, डिजेल ५।६२ र हवाई इन्धन ४।९५ ले बढाइएको निगमले जनाएको छ ।

निगमका अनुसार कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसेकाले ईण्डियन आयल कर्पोरेशन बुधबार नयाँ मूल्य पठाएको जनाएको छ ।

नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब दुइ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमले जनाइएको छ ।चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा आयल निगमले करीब २४ अर्व नोक्सानी बेहोरी सकेको निगमले जनाएको छ ।