मधेशटप, फागुन ५ गते ।

जनकपुरधाम : जनकपुरधाम उप-महानगरपालिका-१४ मुजेलिया बस्ने  वडा नं. १४ वस्ने चन्दन यादवको छोरा साढे ३ वर्षको बालक २ घण्टा  भित्र फेला परेको छ ।

 

जानकपुरधाम उप- महानगरपालिका १४ मुजेलिया बाट हराएको थियो ।

विहिवार ३ बजेर ३० मिनटको समयमा घरबाट बाहिर खेल्नगएको बेला हराएको थियो ।

 

बुवा  चन्दन यादको छोरा  अंशरोय यादव   खेल्न बाहिर गएको बेला हराएको भनि सुचना जिल्ला प्रहरी कार्यलय धनुषामा निवेदन दिएको थियो ।

मुजेलियाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा ५ बजेर ३० मिनटमा जनकपुर ढल्केवर सडक खण्ड  अन्तरगत मुजेलिया स्थितमा सकुशल फेला पारीए ।

६ बजेको समयमा निज यादवको बुवा चन्दन यादवको जिम्मा लगाइएको  जिल्ला प्रहरी कार्यालय धनुषाले जानकरी दिए ।