उमेश कुमार साह : फाल्गुन ६ शुक्रबार 

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ बोदे बर्साईन बजार ( दुर्गा मन्दिरको पश्चिम साईड/ सानिमा बैंकको अगाडि )मा रहेको लाइफलाइन केयर हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा. लिमिटेडले बिगत ५ महिनादेखि स्वास्थ्य सेवा तथा उपचार प्रदान गर्दै आइरहेको छ ।

बोदे बर्साईनमा पहिलो पटक निजी क्षेत्रको लगानीमा सञ्चालित हस्पिटलको पछिल्लो समय लगानी विस्तारसमेत गरिरहेको छ ।

यसैक्रममा हस्पिटलका सेवा सुविधा लगायत विविध विषयमा केन्द्रित रहेर लाइफलाइन केयर हस्पिटलका डा. विबेक प्रभाकर विप्रसँग आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौंः

लाइफलाइन केयर हस्पिटल एन्ड रिसर्च सेन्टर बोदे बर्साईनमा खुलेको मात्र ५ महिना भएको छ । यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको अगाडिमा रहेको लाइफलाइन केयर हस्पिटलले सेवा शुरु गरेको ५ महिना भइसकेको छ । मात्र ५ महिनाको अवधिमा हस्पिटलले धेरै बिरामीलाई विभिन्न सेवा प्रदान गरिसकेको छ । यस अवधिमा हामी धेरै सफल भयौं भन्ने लाग्छ । यस अवधिमा लाइफलाइन केयर हस्पिटल बोदे बर्साईनमा ख्यातीप्राप्त बन्न सफल छ । बिरामीको प्रतिक्रिया पनि हाम्रो प्रेरणाको स्रोत बनेको छ । बिरामीको उपचारमा हामी जिम्मेवारीका साथ लाग्ने कुरामा प्रतिवद्ध छौं ।अस्पतालले के–कस्ता सेवा तथा सुविधा प्रदान गरिरहेको छ ?                                        अस्पतालले सम्पूर्ण प्रकारका बिरामीलाई सेवा प्रदान गरिरहेको छ । दुईवटा मेडिकल अफिसरद्वारा २४औं घण्टा इमर्जेन्सी सेवा ,
हाडजोर्नी विशेषज्ञ, स्त्री रोग तथा प्रस्तुती रोग विशेषज्ञ , बाल रोग विशेषज्ञ, मेडिसिन सम्वन्धी विशेषज्ञ, छाला रोग सम्बन्धि उपचार ,मानसिक रोग सम्बन्धि उपचार लगायतका डाक्टरले सेवा प्रदान गरिरहनुभएको छ ।सुविधा सम्पन्न तथा अत्याधुनिक ल्याब पनि छ । जसका कारण बिरामीलाई पनि सहज भएको छ ।

सेवा विस्तारको अवस्था कस्तो छ ?              बिगतमा भन्दा अहिले हस्पिटलमा सेवा तथा सुविधा विस्तार गरेका छौं । आधुनिक प्रविधिलाई प्राथमिकता दिएर अत्याधुनिक प्रविधिका सामान तथा प्रविधि प्रयोग गरिरहेका छौं । नयाँ प्रविधिको विकास भएसँगै त्यसलाई आत्मसाथ गरिरहेका छौं । । थप सेवालाई छिट्टै विस्तार गर्ने योजना हाम्रो छ ।

कुन–कुन क्षेत्रबाट बिरामी आउनुहुन्छ ? बिरामीको प्रतिक्रिया कस्तो छ ?                                    सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिका , बलानबिहुल गाउँपालिका , डाक्नेश्वरी नगरपालिका , खडक नगरपालिका लगायतका बिरामीहरु उपचारका लागि आउनुहुन्छ । ख्यातीप्राप्त विशेषज्ञहरु भएकै कारण बिहारको भारत बोडर सिमा लगायतका स्थानबाट पनि बिरामी आउनुहुन्छ । अस्पतालमा आउने बिरामीलाई हाम्रो ज्ञान, सिप र दक्षताले भ्याएसम्म र उपलब्ध प्रविधि प्रयोग गरेर उपचार गर्छौं । हामीले प्रदान गर्ने उपचारबाट सन्तुष्ट भएर नै बिरामी आउने गर्नुभएको हो । हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं ।

तेस्रो कोभिड महामारीको समयमा कसरी सेवा प्रवाह गरिरहनुभएको छ ?
कोभिडको समयमा पनि हामीले सेवा प्रदान गरिरहेका छौं । अस्पतालका डाक्टर तथा कर्मचारीले सुरक्षित भएर सेवा दिइरहनुभएको छ । आवश्यक परेमा कोभिड वार्ड पनि संचालनमा ल्याउनेछौं ।

सरकारी अस्पतालको तुलनामा निजी अस्पताल महंगो भयो भन्ने गुनासो बिरामीको छ । के भन्नुहुन्छ ?
देशमा करिव ८० प्रतिशत स्वास्थ्य सेवा निजी क्षेत्रले धानेको अवस्था छ । सरकारी अस्पतालले प्रदान नगर्ने सेवा पनि निजी अस्पतालले प्रदान गरिरहेका छन् । चिकित्सकको दक्षता तथा योग्यता, प्रयोग गरिने उपकरण, सेवा प्रदानमा सहजताका कारण केही महंगो हुनु स्वभाविक नै हो । उपचारमा हुने सहजतालाइे पनि ध्यानु दिनुपर्छ । पैसा नभएकै कारण उपचार नहुने भन्ने छैन । हामीले बिरामीलाई त्यसै पठाउदैनौं । विरामीको उपचारमा हामी लागिरहेका हुन्छौं । विपन्न परिवारका बिरामीको उपचारका लागि लाइफलाइन केयर अस्पतालले बिशेश सहयोग कोष बनाएका छौं ।साथै अहिले हामी नि:शुल्क ओपिडी र हरेक जाँचमा २५% छुट , प्रत्येक शनिबार फ्री चिनीको जाँच सेवा प्रदान गरेका छौं । साथै यस हस्पिटल प्रा लिमिटेडले संचालन समय देखिनै प्रत्येक विद्यार्थी तथा निजामती कर्मचारी र अति बिपन्न परिवारलाई नि:शुल्क ओपिडी सेवा र जाँच मा २५% देखी ५०% सम्म छुट प्रदान गरिरहेको छौं । हाम्रो टिमले सयम समयमा गाउँगाउँ/ घरघरमा गएर प्रेसर र सुगरको यशक्रेनिङ्ग जाँच तथा रिसर्च सेवा प्रयोगमा लयाएको छौँ ।