मधेशटप,फागुन,६ 

ब्राजिलको पेट्रोपोलिस सहरमा भएको मुसलधारे वर्षा र बाढीका कारण बिहीबार साँझसम्म मृत्यु हुनेको संख्या १०४ पुगेको छ।विपद्बाट हुने जनधनको संख्या बढ्दै गएको उद्धारमा खटिएका अधिकारीहरूले बताएका हुन्।

अग्नि नियन्त्रक तथा उद्धारकर्मीहरूले २४ व्यक्तिलाई सकुशल उद्धार गरेका स्थानीय नगर प्रमुखको कार्यालयले बताएको छ ।रियो दे जेनेरियोको उत्तरमा रहेको डाँडामा पर्ने मनोरम सहरको नगरप्रमुखको कार्यालयले दिएको जानकारी अनुसार मंगलबार सहरमा तीन घण्टामा २५८ मिलिमिटर पानी परेको थियो।

यो अघिल्लो महिनाको सबै वर्षा बराबर हो। प्रशान्त महासागरको चक्रीय शीतलन र जलवायु परिवर्तनको प्रभावले वर्षाऋतुमा पानीको वर्षा बढाइरहेको विशेषज्ञहरूले बताएका छन्।

उनीहरूले पेट्रोपोलिसको यो भयावह पनि यसै कारण भएको बताएकन छन