मधेशटप,फागुन,६ 

धादिङ सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट पूर्वप्रहरी निरीक्षक इन्सपेक्टर मुक्ति सिक्देलको मृत्यु भएको छ ।

राजमार्गको नलाङ बैरेनी खण्डमा मोटरसाइकलको ठक्करबाट मर्निङवाकमा रहेका सिद्धलेक(१ का सिक्देलको घटनास्थलमै मृत्यु भएको हो ।

सिक्देललाई ठक्कर दिई फरार रहेका सिद्धलेक(२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन ।

दुर्घटनासँगै आफूले चलाएको बा।अ।३४ प ५०५२ नम्बरको मोटरसाइकल छाडेर भागेका थिए ।