मधेशटप,फागुन,६ 

सर्लाहीमा एक बलात्कारको आरोपीलाई दोषी ठहर गर्दै जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद सजायको फैसला गरेको छ।१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका २९ वर्षीय गरिब साह तेलीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको हो ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासबाट फागुन ३ गते मुद्दाको अन्तिम फैसला गर्दै १० वर्ष कैद र १ लाख २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिन फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिएका छन ।

पीडित बालिकालाई तेलीले ०७६ माघ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा माघ ७ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७६ माघ ७ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो , जिल्ला अदालत सर्लाहीले जनाइएको छ ।