मधेशटप,फागुन,६
ब्याटिङ नचलेपनि घातक बलिङको साथ पाएको नेपालले आईसीसी पुरुष टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत घरेलु टोली ओमानविरुद्धको खेलमा जित हात पारेको छ।शुक्रबार सम्पन्न खेलमा घरेलु टोलीलाई ३९ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको हो।
नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमै समेटियो। ओमानका लागि नसिम खुशी सर्वाधिक २४ रन बनाएर आउट भए। उनले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे। तर, अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओमानका लागि जतिन्दर सिंह र अमिर कालिमले ९र९, खवार अलीले ७, कलिमुल्लाले ५, आयान खानले ३, कप्तान जिशान मकसुदले २ रन बनाउँदा काश्यप प्रजापती शून्य रनमा आउट भए।
नेपालका लागि कमलसिंह ऐरीले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २र२ विकेट लिए। यता, अविनास बोहोरा र जितेन्द्र मुखियाले समान १र१ विकेट लिए।
त्यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएकोनेपालले निर्धारित २० ओभरमा ११७ रन बनाएको थियो। नेपालका लागि मध्यक्रमका आरिफ शेखले सर्वाधिक ३८ रन बनाउनुबाहेक अन्य खेलाडी भने क्रिजमा चल्न सकेनन्।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ११ रन बनाएर आउट भए। १८ बलमा १ चौका प्रहार गरेका उनलाई ओमानका जिशान मकसुदले आठौं ओभरको तेस्रो बलमा अगाडि बढेर खेल्ने क्रममा आउट गरे।
ओमानका स्पिनर खवार अलीले ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यता, बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।फयाज बट र जिशान मकसुदले १–१ विकेट लिए।
Discussion about this post