मधेशटप,फागुन,६ 

नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ । केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो ।

टेलिकमका सह–प्रवक्ता रंजित लोहियाले शुक्रबार विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका हुन् ।