मधेशटप डेस्क, फागुन ७ गते।

्प्रादेशिक अस्पतालको लापरवाहीले जनकपुरधाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

नर्मल डिलेभरीबाट बच्चाको जन्म दिएकी धनुषाको मुखियापट्टि मुसरनिया गाउँपालिका वडा नं।५ लवटोलीका ३० वर्षीया आरती यादवको अस्पतालको लापरवाहीले मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।

प्रसव पिडा लागेपछि फागुन ५ गते अस्पतालमा लागि भएकी यादवले फागुन ६ गते राती ७ बजे बच्चालाई जन्म दिएकी थिइन् । बच्चा जन्म भएको ९ घण्टा पश्चात सुत्केरी यादवको मृत्यु भएको जेठाजु सिताराम यादवले बताएका छन ।

जेठाजु यादवले नरमल रुपमा बच्चालाई जन्म दिएकी यादवको स्वास्थ्य अवस्था सम्बन्धमा डिउटीमा रहेकी नर्स नैनतारा साह र अम्बिका यादवलाई पटक पटक जानकारी गराएपनि कुनै चासो नदिएको बताए ।उनले अस्पतालको प्रसुति सेवामा चिकित्सकहरु नै रहेका थिएनन् ।

मृत्यु पछि मात्र चिकित्सकहरु आएर घटना ढाकछोप गर्न आईसियूमा भर्ना गरेको आप्mन्त शशि यादवले बताए ।

आरतीको श्रीमान वैदेशिक रोजगारमा रयता प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा। प्रमोद यादवले बचाउ गर्दै कुनै कुनै प्रसुतिमा यस्तो घटना हुने गरेको जिकिर गरे ।

अस्पतालको कुनै लापरवाही नरहेको उनले दावी गरेका छन ।