मधेशटप डेस्क, फागुन ७ गते।

खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा मह जस्तो देखिने पदार्थ बिक्री गरिरहेको अवस्थामा १३ वर्षीय अन्देश करौडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताएका छन ।

\स्थानीयबाट नक्कली मह बिक्री गरिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले करौडीलाई महजस्तो देखिने ५ केजी पदार्थसहित शनिबार पक्राउ गरेको हो ।

बजारमा नक्कली मह बिक्री भइरहेको विषयमा उद्योग बाणिज्य संघले नगरपालिकालाई जानकारी गराएपछि प्रहरीले करौडीलाई नियन्त्रणमा लिएको हो ।

करौडीसँगै रहेका अर्का एक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।