मधेशटप डेस्क, फागुन ७ गते।

आजदेखि कुखुराको मासुको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आजदेखि मासुको मूल्य बढेको जानकारी दिएको हो ।

संघका अनुसार आज शनिबारदेखि किसानले पाउने मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ ।

किसानले पाउने मूल्य १० रुपैयाँले बढेसँगै उपभोक्ताले किन्ने मूल्य प्रतिकिलो १५ रुपैयाँ बढ्ने र मूल्य बढेसँगै उपत्यकामा कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँ पुगेको छ ।

यस्तै, आजदेखि किसानले प्रतिकिलो जिउँदो कुखुराको मूल्य २६० रुपैयाँ पाउने संघले जानकारी दिएको छ ।

यद्यपि, संघले उपत्यकामा प्रतिकिलो ३६० रुपैयाँमा मासु बिक्री भइरहेको बताएपनि उपत्यकाका व्यापारीहरूले ३८० रुपैयाँसम्म लिने गरेका छन् ।