मधेशटप डेस्क, फागुन ७ गते

लामो समयदेखि खुखुराको आहारा ९दाना० उत्पादन गर्दै आएको काठमाडौंको टोखा नगरपालिका(६ स्थित टोखारोडमा रहेको सगरमाथा पोल्ट्रीफिड प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही गरेको छ।

तोकिएको मापदण्ड तथा गुणस्तरहीन दाना बनाएको भेटिएपछि विभागले सगरमाथा पोल्ट्रीफिडलाई कारबाही गरेको हो।

उद्योगले गुणस्तरहीन दाना उत्पादन गर्दै बजारमा लैजाने गरेको उजुरीपछि विभागले केही समयअघि छापामारी दानाको परीक्षणको लागि ल्याबमा पठाएको थियो।

अनुसन्धानमा सगरमाथा पोल्ट्रीफिडले गुणस्तरहीन दाना उत्पादन गरेको पुष्टि भएपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले जानकारी दिए।

उनका अनुसार सगरमाथासँगै विभागले न्यून गुणस्तर र दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग र फर्मविरूद्ध मुद्दा दायर गरेको छ।चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ती फर्म तथा उद्योगविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।