मधेशटप डेस्क,फागुन ७ गते ।

महोत्तरी :  मानव विकास केन्द्रले  लामखुट्टेको टोकाइबाट बच्नका लागि  कीटनाशक झुल आज निशुल्क झुल वितरण गरेको  छ।

स्थानीय सकरीका २ सय घर परिवारलाई लामखुट्टे बाट बच्न झुल वितरण गरिए साथ साथै ५ ओटा चापाकल सामुहिक ठाउमा संस्थाका अध्यक्ष झाले जानकारी  दिनुभयो ।

बाहिरी साजसज्जा आकर्षक छ । तर प्रयोग गर्दा निकै कमसल र विगतमा बाँडिएको जति बलियो पनि नभएको उपभोक्ताले बताएका छन् ।

 

अध्यक्ष झाले महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा न. १०  सकरीमा कुनै संयन्त्र नै नभएको मानव विकास केन्द्र  नामको  गैरसरकारी संस्थाले  झुल वितरण  गरेको  छ ।

लामखुट्टेको टोकाइबाट हुने मलेरिया, कालाजार र डेंगुबाट बच्न झुल सहयोगी हुन्छ । तर यसको गुणस्तरदेखि गैरसरकारी संस्थाको संलग्नतामाथि छानबिन हुन जरुरी छ ।

सो कार्यक्रमका अध्यक्ष एवंम् अतिथि  कुन्दन झा सामाजसेवी प्रेमकान्त झा ,  धेर्य कान्त झा(राजन), अजय झा, जुना झा, सम्भु झा, लगायतको उपस्थिति रहेको थियो।