मधेशटप डेस्क, ७ गते ।

जनकपुरधाम : मधेस प्रदेशका  सरकारले ८० जना ज्येष्ठ नागरिकलाई सम्मानित गरेको छ ।

मधेस प्रदेशका  राजधानी जनकपुरधामस्थित शनिबार आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा प्रदेशका महिला, बालबालिका, मन्त्री बिरेन्द्रप्रसाद सिंहले ज्येष्ठ नागरिकलाई सम्मान संगै आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

आर्थिक सहयोग प्राप्त गर्नुहुनेमा प्रदेशका आठवटै जिल्लाका प्रत्येक जिल्लाबाट दश–दश जना रहेको थियो  ।

ज्येष्ठ नागरिकले जनही दोसल्ला एवं सम्मानस्वरुप नगद ६ हजार रुपियाँ प्राप्त गर्नुभएको छ । त्यसमध्ये ५ हजार सम्मानस्वरुप र १ हजार गाडी भाडा  खर्च गरी जम्मा ६ हजार रुपियाँ प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रत्येक जिल्लाका ५ जना महिला ५ जना पुरुष गरी १० जनालाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा महिला, बालबालिका, मन्त्री सिंहले ज्येष्ठ नागरिकका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग अझ  गर्ने बताउनुभयो ।

आगामी दिनमा पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम नियमित गर्ने मन्त्री सिंहले बताउनुभयो ।