मधेशटप, फागुन ८ गते।
धनुषामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ रएकजना घाइते भएका छन् ।धनुषाधाम नगरपालिका–६ मालटोलका ४२ बर्षीय रामबहादुर गोले मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

शनिवार साँझ पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ७४ प ७५३९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ज १२ प १६७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिएका छन ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मगरको धनुषाको लालगढस्थित मोडेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अर्का गम्भिर घाइते बा ७४ प ७५३९ नम्बरको मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–५ बस्ने २४ बर्षीय अभिषेक घिमिरेको मोडेल हस्पिटलमै उपचार भइरहेको प्रहरी निरीक्षक सुवेदीले बताएका छना ।

थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।