मधेशटप, फागुन ८ गते।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ मा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

बा।४ ख।७३५२ नम्बरको टिप्परको ठक्करबाट काभ्रेको महाभारत गाउँपालिका–२ घर भएकी ८ वर्षीया विनिता मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता ९डिएसपी० राजु पाण्डेले बताए का छन।

शनिवार साँझ टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो ।

बालिकाका बुवा आमा सुडालस्थित बिएम इट्टा–भट्टामा काम गर्छन् ।

बालिकालाई ठक्कर दिने टिप्पर चालक भक्तपुर नगरपालिका–८ स्थित जेला बस्ने २७ वर्षीय राजेश कुश्मालाई प्रहरीले पक्राउ गरेर थप अनुसन्घान भइरहेको प्रहरीले जनाइएको छ ।