मधेशटप, फागुन ८ गते।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी २०७९ साल वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ ।

आज शनिबार विमानस्थलको अनुगमन तथा निरीक्षणका लागि भैरहवा पुग्नु भएका मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताउनुभयो ।

यसैगरी मन्त्री आलेले भारतसँग सिधा रुट अनुमती लिनका लागि लिमा ६२६ का विषयमा पहल भइरहेको जानकारी पनि दिनुभएको छ ।

केही महिना पहिले आफू भारत भ्रमणका गएको समयमा त्यहाँका नागरिक उड्डयनमन्त्रीसँग आफूले रुट अनुमतीका विषयमा कुरा गरेको र त्यस विषयमा नागरिक उड्डयनमन्त्री सकारात्मक देखिनु भएकाले यो समस्या चाँडै समाधान हुने मन्त्री आलेले जानाइएको छ। ।