मधेशटप, फागुन ८ गते।

साहित्यकार किरण पल्पसा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा गीत ‘लौन के गरौँ’ सार्वजनिक भएको छ ।

अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रवर्द्धनमा लागि परिरहेकी साहित्यकार किरणको यो गीतमा गायिका रचना रिमालको स्वर तथा राहुल प्रधानको संगीत संयोजन छ ।

भिडियोमा सिरियल हल्का रमाइलोकी कलाकार इस्टु कार्की ‘नेप्टी’ र प्रवीण डिसीको रोमान्स देख्न सकिन्छ । भिडियोले एक प्रेमी जोडीको कहानी देखाउन खोजेको छ ।

जसबहादुर याक्खाको निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायांकन, सञ्जु चौधरीको नृत्य छ । गीत दर्शक श्रोताले रुचीमा पर्नेमा आफु विश्वस्त रहेको संगीतकार श्रेष्ठले बताएका छन ।