मधेशटप, फागुन ८ गते।

सर्लाहीमा स्कुलको कम्प्युटर ल्याबमा आगलगी हुँदा लाखौँको क्षति भएको छ ।जिल्लाको बसवरिया गाउँपालिका वडा नं। ४ धनगढा स्थित रहेको श्री पन्चायत आदर्श माध्यमिक विद्यालयको दुई तल्ले भवनको कम्प्युटर कोटामा आगलगी हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शनिवार साँझ स्कुलको कम्प्युटर कोठामा अचानक विद्युत सर्ट भई आगोलागी हुँदा कम्प्युटर, सिसिटिभी डिसप्ले लगायतका विद्युतिय सामाग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिएका छन।

आगलागीबाट २४ वटा कम्प्युटर मनिटर, एउटा सिसिटिभी डिसप्ले, ब्याट्रिको क्विनेट १, ब्याट्रिको युपियस १, राउटर १, एलइडी १ वटा गरी करिब दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।