मधेशटप, फागुन ८ गते।

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा एक पुरुषको मिलको फित्तामा बेरिएर मृत्यु भइएको छ ।

आइतबार बिहान ९ बजेतिर आफैले सञ्चालन गरेको मिलमा अन्न पिस्ने बेला मिलको फित्तामा बेरिएर ५० बर्षका धनसिंह धामीको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो ।

थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले जनाइएको छ ।