मधेशटप, फागुन ८ गते।

सप्तरी ;सप्तरीको सप्तकोशी नगरपालिकामा विभिन्न ४ राजनीतिक दलले लगाएको ताला तोडेपछि झडप भएको छ । झडपका क्रममा वडाध्यक्षसहित दुई जना घाइते भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जस पा र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले विभिन्न ६ बुँदे माग राख्दै बिहीबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए ।

नगरपालिकाका जनप्रतिनिधिले शुक्रबार ताला खोलेर काम सुरु गरेपछि झडप भएको हो ।चार दलका कार्यकर्ताले आइतबार पुनः ताला लगाउन खोजेपछि प्रहरीसँग झडप भएको थियो ।

झडपका क्रममा सप्तकोशी नगरपालिका–४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी र वडा नम्बर ९ का किसुन यादव घाइते भएका छन् ।

घाइते दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाइएको छ छ ।