मधेशटप, फागुन ८ गते।

दाङमा धामीरझाँक्रीको भेषमा बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छन ।आफू शिवको भक्ति र दैविक शक्ति प्राप्त गरेको भन्दै तुलसीपुर–१९ की एक महिला र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका(१८ ग्वारखोला खैरेनी टोल बस्दै आएका ३५ वर्षीय गोपाल विकलाई पक्राउ गरेको हो ।

तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार विकले आफूलाई दैविक शक्तिले छोएको बताउँदै झारफुक गर्ने बहानामा तुलसीपुर उपमहानगरपालिका–१८ की एक स्थानीय महिलाको घरमा पुगेका थिए ।

ती महिलालाई त्रिशुलले प्रहार गरी कपाल काटेर त्रशित बनाउँदै घरभित्र बलात्कार गरेका थिए ।सोहीक्रममा उनकी भान्जीलाई पनि पानी माग्नेक्रममा बलात्कार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिएका छन ।

पीडित पक्षले फागुन ५ गते दिएको आधारमा विकलाई लुकिछुपी बसेको अवस्थामा तुलसीपुर–१९ दूधरासबाट पक्राउ गरिएको अर्यालले बताएका छन ।

विकविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा चलाएर थप आवश्यक कारबाही अघि बढाइएको इप्रकाका प्रहरी नायव उपरिक्षक अर्यालले बताएका छन ।