मधेशटप, फागुन ८ गते।

आइतबार बाघको आक्रमणबाट बाँकेको राप्तसोनारी गाउँपालिका वडा नं। ७ का वकिल गड्डी गम्भीर घाइते भएका छन् ।गम्भीर घाइते गड्डीको भेरी अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ ।

उनको शरीरभरी घाउ लागेको छ ।घाइतेका आफन्तले गड्डीलाई बाघले एक पटक आक्रमण गरेर घाइते बनाएपछि भागेको थियो ।

पुनः बाघ आक्रमणका लागि आउँदा गड्डी होशमा आएपछि सकिनसकी रुखमा चढेर ज्यान जोगाएका थिए ।हिजो शनिबार बाघको आक्रमणमा परि ज्यान गुमाएका राप्तीसोनारी ६ डाँडा टेपरीका ६० बर्षिय धन बहादुर चलाउनेको मृत्यु भएको थियो ।

राप्तीसोनारी गाउँपालिकामा गत ६ महिनामा ५ जनाले ज्यान गुमाइसकेका छन् ।हिंस्रक बाघ खोज्नका लागि हात्ती सहितको टोली तथा चितवनबाट प्राविधिक टोली ल्याएपनि फेला पार्न सकेको थिएन ।