मधेशटप, फागुन ९ गते।
आगामी चैत १९ गते हुने नेपाल बार एसोसिएसनको चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।

निर्वाचन समितिका अनुसार चुनाव देशैभर एकसाथ हुनेछ। चुनावबाट १ जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, १ जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन्।

निर्वाचन समितिका अनुसार चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिनेछ।नामावलीमा दावी विरोधको मिति फागुन १३ गतेलाई तोकिएको छ।

यस्तै अन्तिम नामावली फागुन २० गते प्रकाशित हुँनेछ।फागुन २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ। यस्तै फागुन २५ गते अन्तिम नामावली प्रकाशित हुनेछ।चैत १९ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म देशैभर मतदान हुनेछ।

निर्वाचन सकिएपछि मतगणनाको कार्यक्रम सुरु हुने निर्वाचन समितिले जनाएको छ।