मधेशटप, फागुन ९ गते।

काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्कबाट प्रहरीले दुईवटा रेड पाण्डाको छालासहित १ जना युवकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका घर भएका २६ वर्षीय नवराज केसीलाई पक्राउ गरेको हो ।

ललितपुरको एकान्तकुनाबाट पछ्याएर आरोपीलाई नयाँ बसपार्कको होटलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता ९एसपी० सिद्धिविक्रम शाहले बताएका छन । प्रहरीले उनको साथबाट दुईवटा रेड पाण्डाको छाला

बरामद गरेको छ ।महानगरीय प्रहरी वृत्त सातदोबाटोमा केही दिनअघि मात्र डिएसपी मदन केसीले कमाण्ड सम्हालेका थिए ।

रेड पाण्डासहित पक्राउ परेका युवकलाई कानुनी कारवाहीका लागी डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको छ ।